यो कहिले प्रयोग हुन्छ ?
A3 स्वयम सूचना शैली लामो घटना/परिस्थित बाट व्यक्तिमा हुने गलत प्रतिक्रिया (जसले व्यक्तिलार्इ तनाव दिन्छ) हटाउन प्रयोग गरिन्छ । यो घटनाको अवधि १-२ मिनेट भन्दा लामो समयसम्म रहन्छ, उदाहरणको लागि, हवाई यात्राको डर, आउँदो परीक्षाको बारेमा तनाव, भोजमा भाग लिन असजिलोपन, यौन-क्रिया दौरान अशक्तता, आदि ।
यसको उपयोग दृढताको अभाव, पहलको अभाव, कम बोल्ने स्वाभाव, आत्मविश्वासको कमी, अधीनता (submissiveness), डरपोकपन, हीन भावना आदि जस्ता स्वाभाव दोषहरु हटाउन सकिन्छ । यसले नकारात्मक संस्कारहरू जस्तै ‘म यो गर्न सक्दिन, या मलार्इ थाहा छैन कि म यो गर्न सक्छु’ पनि हटाउन मद्दत गर्दछ ।
थप रूपमा, A3 स्वयम सूचनाले अत्यधिक भय (Phobias, कुनै वस्तु या स्थितिबाट उत्पन्न हुने डरको कारण चरम चिन्ताको स्थिति) र OCD (Obsessive compulsive disorder, जुनूनी बाध्यकारी डिसअर्डर) हटाउन मद्दत गर्दछ । अत्यधिक भयले (फोबियाले) हामीलाई कमजोर पार्न सक्छ । अक्सफोर्ड अंग्रेजी शब्दकोशले लगभग १०८ फोबियाहरुलाई सूचीकृत गरिएको छ । यो स्वयम सूचनाले पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर (PTSD, post-traumatic stress disorder) लक्षणहरू हटाउनमा पनि मद्दत गर्दछ ।
3.1 नकारात्मक विचारहरूको सामना गर्ने
मनले हामीलाई परिस्थितिहरूको बारेमा धेरै नकारात्मक विचारहरू दिन्छ जस्तौ जहाँ हामी आत्मविश्वासको कमी, हीन भाव, भय आदि महसुस गर्न सक्छौं ।
उदाहरणको लागी, जब एउटा व्यक्ति अन्तर्वार्ताको लागी जानु भन्दा पहिला, उसलार्इ घबराहट र तनाव आउन सक्छ जसको परिणाम स्वरुप पक्षाघातको प्रभाव हुन सक्छ । व्यक्तिको मनले घटना बारे नकारात्मक चित्र, चित्रण गरेर अत्यधिक विचारहरु बढ्दछ जस्तै, ‘ओहो, म अन्तर्वार्ता राम्रोसँग गर्न सक्दिन, म डराउनेछु, साक्षात्कारकर्ता मैले दिएको जवाफबाट सन्तुष्ट हुनेछैन, म पक्का छु कि म बरबराउनेछु र अन्ततः मलार्इ चयन गर्दैन आदि ।’ प्रत्येक विचारको पछाडि उर्जा हुन्छ, र त्यसमा व्यक्तिलाई तल झार्ने क्षमता हुन्छ । जब धेरै नकारात्मक विचारहरू हुन्छन्, हाम्रो मनले हामीलाई असफलताको लागि तयार बनाउँछ ।
A3 स्वयम सूचनाले हामीलाई यी सबै नकारात्मक विचारहरु प्रति सकरत्माक विचारले मुकाबला गर्न मद्दत गर्दछ । यसले हामीलाई परिस्थिति कसरी समना गर्ने भनेर पूर्वाभ्यास गराउँदछ र यसले मनलार्इ आश्वासन दिन्छ ।